नेपालको नयाँ संविधानको मस्यौदाले संघियता सम्बन्धी सिमान्तिकृत समुदायका अपेक्क्षाको सम्बोधन गर्दैन

नेपालको अन्तरिम संविधानमा मधेशी जनता लगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने ग्यारेण्टी गरिएको छ । तर

नयाँ संविधानको मस्यौदामा नेपाललाई संघीय राज्य भनेर परिभाषित नै गरिएको छैन । निकै कम अधिकार भएका आठ वटा प्रदेशसहितको संघीय संरचनाको व्यवस्था गरिएको छ भने प्रदेशको नामांकन र सीमाकंन भावी आयोग र प्रादेशिक सभाहरुलाई दिइएको छ । न्यायपूर्ण संविधानको लागि आवाज उठाऔं । न्यायपूर्ण ‪#‎नेपाल‬ अभियानमा (Campaign for Just ‪#‎Nepal‬ (‪#‎CJN‬)) सहभागी होऔं । ‪#‎एक_थान_हैन_न्यायपूर्ण_संबिधान‬ ‪#‎NoToUnjustConstitution‬ federalism-kh

Nepal’s new constitution draft reverses on aspirations of marginalized groups on inclusion

Nepal‬‘s new constitution‬ draft reverses on many achievements made in the aspirations of marginalized populations, such as inclusion‬ and‪ equality‬, among others.

Interim Constitution already provides for right to participation of marginalized groups (indigenouspeoples‬, Madhesi‬, Dalits‬, Muslims‬‪‎women‬, etc) in all organs of state structure on the basis of proportional inclusion. However, the new constitution draft limits such right to inclusion, including for dominant Khas-Arya groups as well (meaning among five positions in a state mechanism, if one is appointed from a marginalized group, it will suffice)

Say ‪#‎NoToUnjustConstitution‬ ‪#‎एक_थान_हैन_न्यायपूर्ण_संबिधान‬ on Facebook and Twitter

Join the Campaign for Just Nepal (CJN‬) with CEmSoJ (cemsoj@gmail.com)

Inclusion

 

Send your suggestions on Nepal’s new constitution draft | नयाँ संविधानको प्रारम्भिक मस्यौदामा आफ्ना सुझाव पठाउनुस

Nepal‬‘s Constituent Assembly has begun collection of public opinion on draft of new ‪‎constitution‬. You can send your suggestions on the draft constitution by emailing to comt.crcs@gmail.com and nparl.international@can.gov.np. Read the draft at https://goo.gl/YLI91n

Campaign for Just Nepal (CJN‬) will also be submitting suggestions on the draft constitution. You can contribute to our submission by emailing your suggestions to cemsoj@gmail.com.

Say ‪#‎NoToUnjustConstitution‬ ‪#‎एक_थान_हैन_न्यायपूर्ण_संबिधान‬ on Facebook and Twitter

 

संविधानसभाले नयाँ संविधानमा प्रारम्भिक मस्यौदामा जनमत संकलनको काम शुक्रबारबाट शुरु गर्दैछ । इमेल मार्फत सुझाव पठाउन चाहनेले comt.crcs@gmail.com र nparl.international@can.gov.np इमेल ठेगानामा सुझाव पठाउन सक्नेछन् । संविधानको मस्यौदा यहाँ हेर्न सक्नुहुन्छ https://goo.gl/YLI91n

न्यायपूर्ण नेपाल अभियानले (CJN‬) पनि मस्यौदामा सुझाव पठाउने छ । यस अभियानमार्फत तपाईंको सुझाव पठाउन cemsoj@gmail.com मा इमेल गर्न सक्नुहुन्छ ।

विदेशमा रहेका नेपालीबाट समेत सुझाव लिन विदेशस्थित दूतावास र सचिवालयको वेबसाइटबाट उनीहरुको सुझाव लिने व्यवस्था मिलाइएको छ ।
सुझाव संकलनका लागि अन्तरक्रिया कार्यक्रम पनि गरिनेछन् । नेपाल पत्रकार महासंघ, बार एसोसिएनसहितका पेशागत संगठन र नागरिक समाजको तर्फबाट सुझाव संकलन गरिने छ ।
प्रत्येक निर्वाचन क्षेत्रका कम्तिमा दुई प्रमुख व्यापारिक केन्द्रमा सम्बन्धित क्षेत्रका सभासदसहित कर्मचारीहरु सुझाव संकलनका लागि आउँदैछन् । त्यसका लागि साउन ४ र ५ गते सार्वजनिक सुनुवाइ हुनेछ ।
नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले तयार पारेको कार्ययोजनालाई संविधानसभाको विहिवारको बैठकले अनुमोदन गरेपछि जनमत संकलनको प्रक्रिया खुला भइसकेको छ ।
अन्तरक्रिया वा सार्वजनिक सुनुवाईमा सहभागी हुन नपाउनेले टेलिफोन, इमेल, फ्याक्स तथा संविधानसभाको आधिकारिक फेसबुक तथा ट्वीटरमा पनि सुझाव पठाउन सक्नेछन् । संविधानको प्रारम्भिक मस्यौदा पढ्न नपाएकाहरुले संविधानसभाको वेभसाइटमा गएर पढ्न सक्छन् ।
त्यस बाहेक जिल्ला जिल्लामा पठाउनका लागि मस्यौदाको २ लाख कपी प्रकाशित गरिएको छ ।

– See more at: http://www.onlinekhabar.com/2015/07/297677/…