काठमाडौँ, नेपाल
नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना प्रभावित परिवारहरूले आयोजनाका कारण खानेपानी र सिँचाइका स्रोतहरू सुकेको तथा घर र जग्गामा क्षति पुगेको भन्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मा आज उजुरी पेश गरेका छन्। आयोजनामा जाइकाको वातावरणीय तथा सामाजिक निर्देशिका (JICA Guidelines for Environmental and Social Considerations)को उल्लङ्घन भएको उल्लेख गर्दै उजुरीकर्ताहरुले जाइकाको निर्देशिका परीक्षकहरू (Examiners of the Guidelines)लाई दिएको उजुरीमा प्रभावित परिवारहरूलाई न्याय सुनिश्चित गर्न आयोजनाले निर्देशिका पालन गरे नगरेको अनुसन्धान गरी विवाद समाधान र मध्यस्थताको लागि अनुरोध गरेका छन्।
more “नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना प्रभावित परिवारहरूद्वारा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मा उजुरी”