चोभारस्थित सुक्खा बन्दरगाह प्रभावित समुदायद्वारा परियोजना बिरूद्ध विश्व बैंकमा उजुरी
तत्काल बजेट वितरण रोकी सुक्खा बन्दरगाहको लागि वैकल्पिक योजना तयार गर्न आह्वान
[सार्वजनिक विज्ञप्ति] १३ बैशाख २०७७, काठमाडौं
काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहबाट प्रभावित समुदायका प्रतिनिधिहरूले आज त्यस परियोजनाको वित्तीय दाता विश्व बैंकको स्वतन्त्र उजूरी संयन्त्र इन्सपेक्सन प्यानलमा उजुरी गरे। मुख्य गरी आदिवासी नेवार रहेको प्रभावित समुदायको स्वतन्त्र, पूर्व र सुचित सहमति कायम गर्न परियोजना असफल भएको आरोप लगाउँदै उनीहरुले बैंकलाई तुरुन्तै सुख्खा बन्दरगाहको बजेट निकासा र सबै निर्माण गतिविधि रोक्न तथा वैकल्पिक योजना अपनाउन आव्हान गरेका छन्। more “चोभारस्थित सुक्खा बन्दरगाह प्रभावित समुदायद्वारा परियोजना बिरूद्ध विश्व बैंकमा उजुरी”