जलविद्युत आयोजनाहरुको सन्दर्भमा आदिवासी माझी समुदायको अधिकार सम्बन्धि तालिम पुस्तिका

वि.सं. २०८१ चैत १५

जलविद्युत आयोजनाहरुको सन्दर्भमा आदिवासी माझी समुदायको अधिकार विषयक यस तालिम पुस्तिकाले आदिवासी माझी समुदायलाई सशक्त बनाउनको लागि एक बृहत् स्रोतको रुपमा काम गर्ने उद्देश्य लिएको छ । यसले जलविद्युत परियोजनाहरूको प्रभावको सन्दर्भमा समुदायको अधिकारको वकालतको लागि जनचेतना अभिबृद्धि र क्षमता विकासको लागि तत्काल रहेका आवश्यकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । यो पुस्तिका माझी समुदायका अगुवा, अधिकार प्रतिरक्षक र अन्य मानवअधिकार तथा आदिवासी अधिकार प्रतिरक्षकहरूलाई सुनकोशी–३ र दुधकोशी जलविद्युत आयोजनाहरूको सम्बन्धमा बुझाई वृद्धि, अन्तर्राष्ट्रिय र राष्ट्रिय कानून अन्तर्गत आदिवासी जनजातिको अधिकारको प्राविधिक ज्ञान, व्यवहारिक वकालत, तालिम र जनचेतना अभिबृद्धिका लागि सीप विकासमा सहयोग गर्न तयार पारिएको छ ।

more “जलविद्युत आयोजनाहरुको सन्दर्भमा आदिवासी माझी समुदायको अधिकार सम्बन्धि तालिम पुस्तिका”