नेपालको नयाँ संविधानको मस्यौदाका नागरिकताका प्रावधानमा महिला र मधेसीविरुद्ध विभेद

नेपालको अन्तरिम संविधानमा कुनै व्यक्तिको आमा वा बाबु नेपाली नागरिक भएमा निज वंशजको आधारमा नेपाली नागरिक हुने व्यवस्था गरिएको छ । तर यो अधिकार कागजमै सीमित रह्यो ।

नयाँ संविधानको मस्यौदामा वंशजको आधारमा नेपाली नागरिक हुन आमा र बाबु दुवै नेपाली नागरिक हुनुपर्ने प्रावधान छ ।

आमाको नामबाट नागरिकता लिन नसकिने हुनाले नेपालमा ४० लाख भन्दा बढी मानिस नागरिकता विहीन रहेको अनुमान गरिन्छ ।

महिलाविरुद्धको असमानता अंगीकृत नागरिकताका प्रावधानमा अझै प्रस्ट हुन्छ, जसअनुसार नेपाली महिलासँग विवाह गरेको विदेशी पुरुषले नेपालको नागरिकता पाउन १५ वर्ष कुर्नुपर्ने हुन्छ त नेपाली पुरुषसँग विवाह गरेको विदेशी महिलाले विदेशी नागरिकता परित्याग गरेपछि तुरुन्तै नागरिकता पाउन सक्छन् । अंगीकृत नागरिकहलाई राज्यका प्रमुख पद र संवैधानिक निकायहरुमा नियुक्तिमा बन्देज लगाइएको छ ।

नागरिकता सम्बन्धी प्रावधान भारतसँगको सिमाना वारीपारी विवाह गर्ने लामो इतिहास भएका मधेसीका लागि पनि विभेदपूर्ण हुनेछन् र तिनीहरुलाई राज्याका पदमा अवसरहरुबाट वंचित गर्नेछन् ।

न्यायपूर्ण संविधानको लागि आवाज उठाऔं । न्यायपूर्ण ‪#‎नेपाल‬ अभियानमा (Campaign for Just ‪#‎Nepal‬ (‪#‎CJN‬) campaign4justnepal@gmail.com) सहभागी होऔं ।

‪#‎एक_थान_हैन_न्यायपूर्ण_संबिधान‬‪#‎NoToUnjustConstitution‬

citizenship-kh


Leave a Reply

Your email address will not be published. Required fields are marked *