२९ सेप्टेम्बर २०२६, काठमाडौं
ललितपुरको खोकना र बुङमतीका आदिवासी नेवा: समुदायले आफ्नो पुर्ख्यौली भूमि, सांस्कृतिक सम्पदा र जीविकोपार्जनमा असर पार्ने काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) तथा अन्य पूर्वाधार आयोजनाको सन्दर्भमा आफ्नो अधिकार संरक्षणको लागि संयुक्त राष्ट्रसंघका विज्ञहरूलाई थप पहल गर्न आग्रह गरेका छन्।
खोकना र बुङमतीका जनसरोकार समितिले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष समाधिक्षक तथा अन्य सम्बन्धित विज्ञहरूलाई आज पठाएको ताकेता पत्रमा फास्ट ट्र्याकसँग सम्बन्धित पछिल्ला घटनाबारे जानकारी दिँदै नेपाल सरकार र आयोजनामा संलग्न अन्य पक्षसँग थप पहल गर्न आग्रह गरेका हुन्। विशेषगरी, खोकना, बुङमती तथा आसपासका क्षेत्रमा फास्ट ट्र्याकका लागि जग्गा अधिग्रहणसम्बन्धी सूचना १८ जुन २०२६ मा पुनः प्रकाशित गरिएको विषयमा समुदायले चिन्ता व्यक्त गरेका छन्। समुदायका अनुसार यसले सरकार फेरि विवादित पुरानै मार्गबाट आयोजना अघि बढाउन लागेको देखिन्छ।
more “फास्ट ट्र्याक लगायतका आयोजनाबाट अधिकार उल्लङ्घन भएको भन्दै खोकना र बुङमतीका आदिवासी नेवा: समुदायद्वारा संयुक्त राष्ट्रसंघका विज्ञहरुसँग थप पहलको आग्रह”
