थाहा खबरको लागि श्रीजना नेपालको रिपोर्टिंग, चैत २१, २०७८
हेटौैडा : मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक बत्ती पुगेको छ।
अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा पहिलो पटक बिजुली बत्ती पुगेको हो। पूर्व–पश्चिम राजमार्गबाट करिब ३५ किलोमिटर मात्र भित्र रहेको सो स्थानमा हालसम्म बिजुली पुगेको थिएन। बत्ती नभएकोले त्यहाँका चेपाङ समुदाय सल्लाको दियालो बालेर घर उज्यालो पार्ने गर्थे।
तर आइतबार गाउँमा बत्ती बाल्न पेल्ट्रिक सेट उद्घाटन भएसँगै त्यहाँका चेपाङ समुदायका घरको अँध्यारो हटेको छ। सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा बनेको पेल्ट्रिक सेट आइतबार सञ्चालनमा आएको छ। ४ किलोवाट क्षमताको पेल्ट्रिक सेट (हाइड्रोपावर) सञ्चालनमा आएसँगै स्थानीय हर्षित भएका छन्।
more “गाउँमा बिजुली पुगेपछि मुस्कुराएको चेपाङ बस्ती (तस्वीरसहित)”
