तामाकोशी-काठमाडौं प्रसारण लाइन पिडित समुदायद्वारा प्रसारण लाइन र त्यसको सबस्टेशन स्थानान्तरण गर्न माग गर्दै एसियाली विकास बैंकलाई ज्ञापनपत्र बुझाइयो 

३ नोवेम्बेर २०२१ (वि. सं. २०७८ कार्तिक १७), काठमाडौँ

तामाकोशी–काठमाडौं २००/४०० के.भी. प्रसारण लाइन र त्यसको बोझेनी सवस्टेशनबाट पिडित काठमाडौंको उत्तरपूर्वस्थित शंखारापुर नगरपालिकाका आदिवासी तामांग र अन्य स्थानीयहरुले एसियाली विकास बैंक (एडीबी) को नेपाल आवासीय मिसनलाई आज ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले एडीबीको सहयोगमा कार्यन्वयन भइरहेको Electricity Transmission Expansion and Supply Improvement Project अन्तर्गतको  प्रसारण लाइन र त्यसको सवस्टेसन उनीहरुको बस्ती क्षेत्रबाट स्थानान्तरण गरी अन्तै सार्नको लागि आह्वान गरेका छन्।

२०० भन्दा बढी पिडित स्थानियहरुको हस्ताक्षर सहित एडीबीलाई ईमेल मार्फत बुझाइएको ज्ञापनपत्रमा अप्पर तामाकोसी जलविद्युत् परियोजना पिडित संघर्ष समाजले प्रसारण लाइन र सब स्टेशनको प्रभावबारे पर्याप्त जानकारी नगराएको र जग्गाधनीहरुलाई डर धम्की देखाई जग्गा अधिग्रहण गरिएको भनिएको छ। स्थानीयहरुको विरोधका कारण विगत दुई वर्षदेखि प्रसारण लाइन र सबस्टेसन निर्माणको काम रोकिएको छ। आयोजनाले स्थानीयको सहमतिविना अनधिकृत रुपमा बोझेनी सबस्टेसन निर्माण गर्न खोजेको उनीहरुको आरोप छ। यसबाहेक, उनीहरूको घर, जग्गा र धार्मिक तथा सांस्कृतिक स्थलहरू माथिबाट तानिने प्रसारण लाइनले उनीहरुको सम्पत्तिको अवमूल्यन हुने, कृषि र पर्यटनमा आश्रित उनीहरूको जीविकोपार्जन तथा वातावरणमा ठूलो असर पर्ने र उनीहरूको स्वास्थ्य र जीवनमा असुरक्षासमेत निम्त्याउने ज्ञापनपत्रमा भनिएको छ। फलस्वरूप, पिडित आदिवासी र स्थानीय समुदाय आफ्नो पुर्ख्यौली जग्गा जमिन र बासस्थानबाट विस्थापित गर्ने ज्ञापनपत्रमा उल्लेख छ।

more “तामाकोशी-काठमाडौं प्रसारण लाइन पिडित समुदायद्वारा प्रसारण लाइन र त्यसको सबस्टेशन स्थानान्तरण गर्न माग गर्दै एसियाली विकास बैंकलाई ज्ञापनपत्र बुझाइयो “ …

Stationeries distribution for pupils at Shree Nawajeevan Fundamental School, Makwanpur

On 3 Apr 2021, CEMSOJ, in collaboration with HimRights, distributed stationeries (exercise books, pencils, pens, drawing books, colors, etc.) for around 160 disadvantaged Chepang and Tamang pupils of grades 1 to 7 of Shree Nawajeevan Fundamental School at Pambung, Ward No. 8 of Raksirang Rural Municipality in central Nepal’s Makwanpur district.

more “Stationeries distribution for pupils at Shree Nawajeevan Fundamental School, Makwanpur” …